पाकिस्तानमा मिया खलिफाको टिकटक अकाउन्ट प्रतिबन्ध, सरकारमाथि भड्किए नागरिक

एजेन्सी : पाकिस्तान सरकारको तर्फबाट टिकटक एपमा दुईपटक प्रतिबन्ध लगाएर हटाइसकिएको छ । पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी (पीटीए)ले यो सोसल मिडिया एप कन्टेन्टरको सेन्सर गर्नका लागि नयाँ तरिका अपनाएको छ ।
त्यो हो व्यक्तिगत रुपमा कुनै अकाउन्टमाथि प्रतिबन्ध लगाउनु । पीटीएको तर्फबाट स्पोर्टस् कमेन्टेटर मिया खलिफाको अकाउन्टमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ । कुनै आधिकारिक घोषणा बिना पीटीएले मिया खलिफाको अकाउन्टमाथि प्रतिबन्ध लगाइदिएको छ । यस्तो किन गरियो, यसको कुनै स्पष्ट कारण पनि बताइएको छैन ।
पाकिस्तानमा जब मिया खलिफाका प्रशंसकले उनको अकाउन्टको सामग्री देख्न पाएनन् तब उनीहरुले ट्वीटरमा यसबारे हल्लाखल्ला गर्न थाले । मियाले त्यहीँबाट आफ्नो अकाउन्ट प्रतिबन्ध भएको थाहा पाइन् । यो थाहा पाउँदा उनी अचम्मै परिन्
तर लेबनान मूलकी मिया खलिफाले पीटीएको यो प्रतिबन्धलाई वास्तै गरिनन् र उनले आफ्नो ट्वीटमा जे भनिन् त्यसले उनका पाकिस्तानका प्रशंसकलाई थोरै भएपनि राहत प्रदान गरेको छ । मिया खलिफाले ट्वीटमा भनिन्, ‘म अबदेखि आफ्नो सबै टिकटक ट्वीटरमा पुनः पोस्ट गर्नेछु । यो मेरा ती पाकिस्तानी प्रशंसकका लागि हो जसले फासीवादलाई जरैदेखि हटाउन चाहन्छन् । ’






