आदित्य नारायणमाथि भड्कियो एक राजनीतिक पार्टी, दिइयो चेतावनी

एजेन्सी । इंडियन आइडल १२ निकै विवादास्पद बनिरहेको छ । १२ औं संस्करण जबदेखि सुरु भएको छ यो केही न केही कारणले चर्चामा आइरहेको छ ।

प्रतिस्पर्धी, निर्णायकदेखि कार्यक्रमका प्रस्तोतासमेत कुनै न कुनै कारणले ट्रोल भइरहेका छन् ।

अब एकपटक पुनः यो कार्यक्रम विवादले घेरिएको छ । राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) ले शोका निर्मातासँग नेशनल च्यानलमा माफीको माग गरेका छन् ।

इन्डियन आइडललाई एमएनएनको चेतावनीः

एमएनएसका अनुसार शोमा अलीबागलाई सानो देखाइएको छ । पछिल्लो भागमा कार्यक्रम प्रस्तोता आदित्य नारायणले प्रतिस्पर्धी स्वाई भट्टलाई ‘तपाईं अलिबागबाट आउनुभएको हो जस्तो लाग्छ ?’

आदित्यको यसै लाइनलाई एमएनएसले आपत्ति जताएको छ । एमएनएस सेनाका प्रमुख अमय खोपकरले आदित्यले त्यो लाइनको प्रयोग गरेका छन् जुन अलिबागको मजाक उडाउनका लागि प्रयोग गरिन्छ ।

आदित्य नारायणमाथि भड्कियो एक राजनीतिक पार्टी, दिइयो चेतावनी

३८ वर्षका भए राजा हिन्दूस्तानीका ‘छोटा रजनीकान्त’,

Leave a comment

Your email address will not be published. Required fields are marked *