३८ वर्षका भए राजा हिन्दूस्तानीका ‘छोटा रजनीकान्त’, आज जन्मदिन

एजेन्सी । १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दूस्तानी आज पनि दर्शकहरुको मनमा बसेको छ । यो फिल्म दर्शकहरुलाई खुबै मन परेको थियो ।
फिल्ममा आमिर खान र करिश्मा कपूर लिड रोलमा छन् । यही फिल्ममा आमिर खानको ट्याक्सी पार्टनरको भूमिका निभाएका एक बालकलाकार पनि निकै चर्चित बने ।
रजनीकान्त नामक ती पात्रको भूमिका कुणाल खेमूले निभाएका थिए । यी बालकलाकार अहिले निकै ठूला भइसकेका छन् र अभिनयमा पनि जमिरहेका छन् ।
राजा हिन्दूस्तानी सुपर हिट भएको थियो र यसले सिनेमाघरहरुमा धेरै रेकर्ड बनाएको थियो ।
कुणल खेमू अभिनित ‘जख्म’ पनि निकै चलेको थियो । यो चलचित्रमा उनले अजय देवगनको बाल्यकालको भूमिका निभाएका छन् ।
कुणालले वयस्क भएपछि कलयुग, ढोल र ट्राफिक सिग्नलजस्ता फिल्म खेले । केही समयअघि मात्रै उनी अभिनित लुटकेस प्रदर्शनमा आएको थियो ।






