मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

काठमाडौं : मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली आज राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। नेपालले आउँदो शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ।

त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जाने छ । विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा चाइनिज ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गत साता २३ खेलाडीको घोषणा गरेका थिए ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार ब्यहोरेको छ। नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन् ।

यस्तै डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन् भने मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल वल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान रहेका छन् ।

फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन्। नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ।

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

एक दशकयताकै खराब नतिजाले बर्खास्तको सँघारमा पिर्लो

Leave a comment

Your email address will not be published. Required fields are marked *