एक दशकयताकै खराब नतिजाले बर्खास्तको सँघारमा पिर्लो

सन् २०११–१२ यताको इटालियन सिरिए उपाधिमाथि एकछत्र राज गरेको युभेन्टसलाई यस पटक शिर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा छनोट हुनसमेत निक्कै सकस पर्‍यो।

लिगको अन्तिम दिनको खेलमा नापोलीले भेरोनाविरुद्ध बराबरीको नतिजाको सट्टा १–० को मात्र जित निकाल्न सफल भएको भए युभेन्टसको स्थानमा नापोली हुने थियो। र लाजियोसँगै युरोपा लिगको समूह चरणको खेलमा युभेन्टस हुने थियो। त्यति मात्र हैन क्लब सन् २००६–०७ यता पहिलो पटक च्याम्पियन्स लिग खेल्ने अवसरबाट बञ्चित हुने थियो।

बोलोग्नामाथि निकालेको फराकिलो जितले समेत उसको च्याम्पियन्स लिगको यात्रा रोक्न सक्थ्यो। युभेन्टसको भाग्य नापोलीको बराबरीले तय गर्‍यो। भनिन्छ प्रशिक्षक केवल सफलताको साक्षी मात्रै हो। जब असफल हुन्छ त्यसपछि व्यवस्थापनको पहिलो सिकार कोही हुन्छ भने त्यो प्रशिक्षक नै हो।

उपाधिविहीन सिरिए यात्राको अन्त्यको दोष प्रशिक्षक आन्द्रे पिर्लोको काँधमा जान्छ। गत सिजनबाट ओरालो लागेको युभेन्टसको यात्रालाई पिर्लोले समेत उकालो लगाउन सकेनन्।

फ्रेन्च क्लब लायोनसँग अवे गोलका आधारमा पछि पर्दै च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएपछि इटालियन महारथीले ब्याक टु ब्याक लिएको निर्णयमध्ये तत्कालीन प्रशिक्षक माउरिजियो सारीको बर्खास्ती र त्यसपछि उदाएका पिर्लो थिए । सारीपछि टोली सम्हाल्न एक से एक प्रशिक्षकको चर्चा थियो। तर अप्रत्यासित रुपमा पिर्लोको काँधमा जिम्मेवारी आइपर्‍यो। जसको कल्पनासमेत पिर्लोले सायद गरेका थिएनन्।

एक दशकयताकै खराब नतिजाले बर्खास्तको सँघारमा पिर्लो

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली

Leave a comment

Your email address will not be published. Required fields are marked *