भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

एजेन्सी । कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस) को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ।

तर, यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेँलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गरेका छन्‌।

त्यागीले भने, ‘बिरामीलाई पहेँलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त बिरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बिरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन्।’

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वभाविक कमी आउनु रहेको पाइएको छ । यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ। ‘नेक्रोसिस’को कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ,’ नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताए।

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामी फेला

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली

Leave a comment

Your email address will not be published. Required fields are marked *