मोसाद प्रमुखमा बार्निया, ईरानको परमाणु कार्यक्रम रोक्ने जिम्मा

एजेन्सी । विश्वकै सफल मानिने इजरायली खुफिया एजेन्सी मोसादको नेतृत्व ५६ वर्षीय डेभिड बार्नियाले सम्हालेका छन्।

उनलाई ईरानको परमाणु कार्यक्रम रोक्ने मुख्य जिम्मा दिइएको छ। उनले योसी कोहनलाई प्रतिस्थापन गरेका हुन् ।

त्यहाँका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले मोसादका अधिकारीहरूलाई पुरस्कृत गर्ने क्रममा नयाँ प्रमुख नियुक्ति घोषणा गरेका हुन्।

सो कार्यक्रममा नेतन्याहूले बार्नियाको सबैभन्दा ठूलो काम नै ईरानलाई परमाणु हतियार प्राप्त गर्नबाट रोक्नु रहेको बताए।

उनले आफ्नो अरबी ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘ईरानलाई परमाणु हतियार प्राप्त गर्नबाट इजरायलले रोक्नेछ ।

कुनै पनि हालतमा, सम्झौताबाट होस् या नहोस् : हामी ईरानलाई परमाणु हतियार प्राप्त गर्न दिनेछैनौं, किनकी यो हाम्रो अस्तित्वको सवाल हो र हाम्रो पहिलो मिसन पनि हो।’

सोही सन्दर्भमा नेतन्याहूले धन्यवाद दिँदै अमेरिका आफूहरूको विशेष मित्र र इजरायलको राष्ट्रिय सुरक्षाको हिस्सा भएको बताए।

मोसाद प्रमुखमा बार्निया, ईरानको परमाणु कार्यक्रम रोक्ने जिम्मा

भारतमा फैलिएको ‘ब्ल्याक फंगस’ कोरोनाभन्दा पनि खतरनाक

मोसाद प्रमुखमा बार्निया, ईरानको परमाणु कार्यक्रम रोक्ने जिम्मा

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी

Leave a comment

Your email address will not be published. Required fields are marked *