सन्दीपले टी–२० का ‘नम्बर वान’ बलरलाई उछिन्दा भुर्तेलले कोहलीलाई पछि पारे

नेपाली क्रिकेट टिमका स्टार लेगस्पिनर सन्दीप लामिछानेले नयाँ उपलब्धि हासिल गरेका छन्। सन् २०२१ मा टी–२० अन्तर्राष्ट्रियको हालसम्म सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। पाँच खेलमा १३ विकेट लिँदै सन्दीप दोस्रो स्थानमा उक्लिएका हुन् ।

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिजितका पाँच म्याचमा सन्दीप सबैभन्दा बढी विकेट लिने खेलाडीसमेत बने। उनले पाँच म्याचमा ८ दशमलव २१ को इकोनोमीमा १३ विकेट हात पारे ।

उनले सिरिजअन्तर्गत पहिलो म्याचमा नेदरल्याण्ड्ससँग २, दोस्रो मलेसियासँग पनि २, तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ४, चौथो म्याचमा मलेसियासँग ३ र पाँचौं तथा फाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध २ विकेट लिएका थिए ।

सन्दीप टी–२० का स्टार बलरहरुलाई पछि पार्दै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा उक्लिएका हुन्।

सन्दीपले न्यूजिल्याण्डका फास्ट बलर टिम साउथी, दक्षिण अफ्रिकाका स्पिनर तबरेज शम्सीलगायतका स्टार बलरहरूलाई पछि पार्दै दोस्रो नम्बरमा उक्लिन सफल भएका हुन्। शम्सी टी–२० अन्तर्राष्ट्रिय का ‘नम्बर वान’ बलर हुन्।

उनी टी–२० बलिङ वरियताको शीर्ष स्थानमा रहेका छन्। सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा न्यूजिल्याण्डका स्पिनर इश सोधी छन्। उनले ७ म्याचमा १७ विकेट लिएका छन्।

तेस्रो स्थानमा रहेका साउथीले १२ विकेट हात पारेका छन्। टी–२० का ‘नम्वर वान’ बलर शम्सी ७ म्याचमा १० विकेट लिँदै चौथो स्थानमा रहेका छन्।

पाकिस्तानका उस्मान कादिर पाँचौं, पाकिस्तानकै हसन अली छैटौँ, श्रीलंकाका वानिन्दु हसरंगा सातौँ, अष्टेलियाका एश्टन अगर आठौँ, पाकिस्तानका मोहम्मद नवाज नवौँ, जिम्बाब्वेका ब्लेसिङ मुजाराबानी दशौँ स्थानमा रहेका छन्।

उनीहरुले क्रमशः १०, ९, ८, ८, ८, ८ विकेट लिएका छन्। भारतका शार्दुल ठाकुर पाँच विकेटका साथ ११औँ र नेपालका करण केसी समान पाँच विकेट लिँदै १२औँ स्थानमा रहेका छन्।

सन्दीपले टी–२० का ‘नम्बर वान’ बलरलाई उछिन्दा भुर्तेलले कोहलीलाई पछि पारे

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

सन्दीपले टी–२० का ‘नम्बर वान’ बलरलाई उछिन्दा भुर्तेलले कोहलीलाई पछि पारे

विश्वमा एकै दिन थपिए ८ लाख १७

Leave a comment

Your email address will not be published. Required fields are marked *