नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिज उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई !’

नेपाल,मलेसिया र नेदरल्याण्डबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार बिजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई  !

नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो । घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो ।

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

स्पेनिस ला लिगामा रियल बराबरीमा रोकियो

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

सन्दीपले टी–२० का ‘नम्बर वान’ बलरलाई उछिन्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *