स्पेनिस ला लिगामा रियल बराबरीमा रोकियो

स्पेनिस ला लिगाको उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ । शनिबार राति रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा उपाधि होडमा रियललाई चुनौती थपियो ।

​ रियलको बराबरीले बार्सिलोनालाई भने फाइदा पुगेको छ। साथै शिर्ष स्थानको एट्लेटीकोले पनि राहत महसुस गरेको छ।​ रियलको घरेलु मैदानमा भएको खेलमा रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो। शनिबार राति भएको खेलमा बल पोसेसन राखे पनि रियलले गोल गर्न चुक्दा अंक बराबरीको अवसर गुमायो।

खेलको पहिलो हाफमानै रियलले गोलका केहि सुन्दर मौकाहरु चुकायो। दोस्रो हाफमा पनि म्याड्रिड अभागि सावित भयो। ५५औं मिनेटमा रोड्रिगोको प्रहार क्रसबारमा लागेर फर्किनु रियलका लगि दुर्भाग्यपूर्ण रह्यो ।

त्यसो त रियल बेटिसले पनि केहि सिमित अवसरहरु सदुपयोग गर्न असफल रह्यो। बेटिसको यो पछिल्लो पाँच खेलमा पाँचौ बराबरी हो । यो बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमायो। रियलको ३३ खेलबाट ७१ अंक रहँदा एक खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ७३ अंक रहेको छ। तेस्रो स्थानको बार्सिलोनाले दुई खेल कम खेल्दै ६८ अंक बनाएको छ।

स्पेनिस ला लिगामा रियल बराबरीमा रोकियो

राजस्थानससँग कोलकाता पराजित

स्पेनिस ला लिगामा रियल बराबरीमा रोकियो

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले दिए बधाई

Leave a comment

Your email address will not be published. Required fields are marked *