कर्नालीका मुख्यमन्त्रीका भाषणले कर्नालीबासी छिनछिनमै करोडपति, छिनछिनमै रोडपति

न कतै जनतालाई रोजगारी दिने उद्योग छन् । न वैज्ञानिक कृषि प्रणाली । नब्यापार ब्यवसाय । न पशुपालन । न विकासमा आको वजेट खर्च गर्छन् । नजलविदुत योजना । कतैबाट कमाइ हुने बाटो छैन ।
तर कर्नालीका मुख्यमन्त्रीका भाषणले कर्नालीबासी छिनछिनमै करोडपति हुन्छन् र छिनछिनमै रोडपति । कर्नालीमा बन्ने भनेका सिमेन्ट कारखाना हुन् वा जलविद्युत आयोजना । सबै ठेक्दारले अँठ्ठ्याएर राख्याछन् ।
ति योजनमा काम हुनुपर्छ र जनताले रोजगारी पाउनुपर्छ भन्ने छैन । तर खोक्रा भाषण र कागजी सपना बाँडेर फेरि कर्नाली सरकारको योजना आयोग पाँच बर्षाँ कर्नालीका जनता आय ११४७ अमेरिकि डलर हुने भन्दै फलाक्न थालेको छ ।
आफ्ना आफन्तलाई अनुदान बाँडदै र बाख्राखोरमा पैसाहाल्दै अनि कार्यकर्तालाई रकम बाँड्दैमा जनताको आयस्तर बढने भए पन्चहरले नि आफ्ना कार्यकर्तालाई पैसा बाँडथे । र त्यो धन्दा एमाले र काँगे्रसले नि चलाकै हुन् । खै त जनताको आयस्तरमा बृद्धि भाको । जनताको आयस्तर बृद्धि गर्ने हो भने पहिला अपर कर्नाली चलाम । कर्नालीका जनतालाई काम दिम् ।
चौकुने र लखरपाटा सिमेन्ट उद्योग चलाम् । हो तिन्ले हो जनतालाई रोजगारी दिने र आयस्तर बृद्धि गर्ने । खाली अर्गानिक खेतीको नारा चलाएर मात्रै जनताको जीवनस्तरमा बृद्धि हुनेवाला छैन । अब त अर्गानिक खेती भनेर कराउनै पर्दैन । विदेशबाट मल र बिषादी आउनै बन्द भएछि । उत्पादन त्यसै अर्गानिक, खेतीपातिबाट किसानलाई पारै लाउने हो भने बरु आधुनिक, वैज्ञानिक प्रणालीमा खेतीपाती भनौँ ।
किसानलाई त्यसमै आवस्यकपर्ने चिज सहयोग गरौं । जनतालाई बेबकुफ पनि अल्लि मिल्ने तरिकाले बेबकुफ बनाउँ । सारा सन्सार कोरोनाले आर्थिक मन्दि बेरोजगारीको संख्यामा बृद्धि भनेर रोइ रहेकोछ । तर कर्नाली सरकार, यही कोरोना विचाट कर्नालीका मान्छ्या आय अबको पाँच बर्षाँ ११४७ अमेरिकिडलर हुन्छ भनेर ताली पटकाउँदा कति विश्वास मान्ने ? किन त भन्दा कर्नालीको सरकार आको पनि तीन बर्ष भो । यो तीन बर्षाँ उल्ले भन्या केही पनि भा छैन् । जनता चराउनुको नी सिमा हुन्छ हैन र ?
–वेदर्षि






