१२ किलो चरेशसहित कोहलपुरको होटलबाट दुईजना पक्राउ

बाँके प्रहरीले कोहलपुरको एक होटलबाट १२ किलो चरेशसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १२, चप्परगौडीको न्यू सुदूरपश्चिम बाजुरा स्टाफ होटलको कोठा नम्बर १०१ बाट प्रहरीले १२ किलो चरेशसहित रोल्पाका रुद्रबहादुर बुढा र रुकुम पूर्वका रवि पुनलाई नियन्त्रणमा लिएको हो ।

चरेशको कारोबार भइरहेको विशेष सूचना पाएको प्रहरी कोठामा पुग्दा खैरो रंगको झोलाभित्र एक–एक किलोको १२ वटा पोका फेला पारेको थियो । बाँके प्रहरीका अनुसार, बुढा र पुनले कपिलबस्तुको शिवपुरबाट प्रतिकिलो २७ हजारका दरले चरेश किनेर ल्याएका थिए । नेपालगञ्ज हुँदै भारतमा बिक्री गर्दा ठूलो मुनाफा पाइन्छ भन्ने लोभले चरेश बोकेका उनीहरु प्रहरी फन्दामा परेका हुन् ।

यसैबिच, प्रहरीले लागुऔषध खुवाएर किशोरीलाई जबरजस्ती करणी गर्ने युवालाई पक्राउ गरेको छ । २०७७ मंसिर ५ गते नेपालगञ्जकी १९ वर्षीया किशोरीलाई भ्रमण जाने बहानामा बाँकेको गाभर होम स्टेमा लगी जुसमा लागुऔषध नाइट्रोजेपाम मिसाएर खुवाई बेहोस बनाएर करणी गरेको उजुरीका आधारमा हुम्ला घर भइ राँझामा बस्ने २४ वर्षीय मिमबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बुढालाई चैत्र ८ गते काठमाडौँको हाडीगाउँबाट पक्राउ गरेको हो ।

१२ किलो चरेशसहित कोहलपुरको होटलबाट दुईजना पक्राउ

रैथाने बालीको उत्पादन घट्दो

१२ किलो चरेशसहित कोहलपुरको होटलबाट दुईजना पक्राउ

ओलीको बोली नै संविधान

Leave a comment

Your email address will not be published. Required fields are marked *