रैथाने बालीको उत्पादन घट्दो

जुम्ला ।  कुनै समय उत्पादन भएर पनि बजार नपाउँदा खेर जाने गरेको जुम्लाका कृषि उपजहरूको माग अहिले देश–विदेशबाट हुने गरेको छ । तर, माग बढिरहँदा उत्पादन भने घटिरहेको छ ।करिब ५ वर्ष यता जुम्लाका रैथाने बाली

उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ । यहाँ चालू आर्थिक वर्षमा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ । आर्थिक वर्ष २०७४÷७५ मा करिब २७ हजार मेट्रिकटन हाराहारीमा कृषि उपज उत्पादन भएको थियो । सरकारी तथ्यांक अनुसार यस वर्ष जुम्लामा १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथाने बाली उत्पादन भएको छ ।

आर्थिक वर्ष २०७४ देखि ०७६ सालसम्म २७ हजार १ सय १३ मेट्रिक टनभन्दा धेरै रैथाने बाली उत्पादन भइरहेको थियो । तर, यो बीचमा १४ हजार मेट्रिक टनले घटेर चालू आर्थिक वर्षमा १२ हजार मेट्रिकटन मात्रै उत्पादन भएको हो ।
सरकारी तथ्यांक हेर्दा जुम्ली रैथानेबाली उत्पादन घट्दै गएको र परनिर्भरता बढ्दै गएको स्पष्ट भएको छ। जुम्लामा १४ हजार मेट्रिकटन टन रैथाने खाद्यान्न बाली उत्पादन घटेको छ ।

यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन, गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६० कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ। जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।

सिमी ३ हजार ९ सय ६० मेट्रिकटन, दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ । तेल बाली ८५ मेट्रिकटन, वर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको छ ।

पछिल्लो समय जुम्ली मार्सी चामल र सिमी अन्तराष्ट्रिय बजार क्यानडादेखि अन्य विदेशमा समेत बिक्री हुन थालेको छ । नेपालकै चर्चित ब्राण्ड जुम्ली मार्सी चामल र सिमीको अन्तराष्ट्रिय बजारमा माग बढेपछि क्यानडामा बिक्री थालेको हो ।

 

स्वादिष्ट र स्वास्थ्यका लागि निकै लाभदायी मानिने जुम्लाको रैथाने बाली मार्सी चामल, सिमी, कोदो लगायत अन्य कृषि वस्तुको अन्तरराष्ट्रिय बजारमा माग बढ्दै गएको हो । अन्तराष्ट्रिय बजारको मागलाई मध्यनजर गर्दै पहिलो पटक ठूलो परिणाममा जुम्ली मार्सी चामल, सिमी, कोदोलगायत जुम्ली कृषिजन्य वस्तु क्यानडा पठाएको छ । पहिला नेपालको बासमती चामल लिएर बेच्ने (लायम फुड कर्पोरेशन) क्यानडाले यसपटक जुम्ली मार्सी लिएको हो ।

रैथाने बालीको उत्पादन घट्दो

ढोका थुनेर ग्यास चुलोमा २० लाख भारु

रैथाने बालीको उत्पादन घट्दो

१२ किलो चरेशसहित कोहलपुरको होटलबाट दुईजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!