७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारीमा राख्न गृह मन्त्रालयकाे अपिल

काठमाडौं । गृह मन्त्रालयले देशभरिका क्वारेन्टिन र आइसोलेसन सेन्टरको अवस्थाबारे विवरण संकलन गर्न थालेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला फेरि क्वारेन्टिन र आइसोलेसन आवश्यक पर्न सक्ने भन्दै विवरण संकलन थालेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टरबारे विवरण अपडेट गराउन परिपत्र गरिएको बताए ।

 

‘स्वास्थ्य मन्त्रालयको विज्ञप्तिलाई सहयोग हुने गरी भिडभाड हुने र धेरै मानिस जमघट हुने गोष्ठी पनि गराउन भनिएको छ’, बुढाले भने, ‘यही विषयमा हरेक जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउन पनि भनेका छौं ।’

परिपत्रमा सीमा नाकामा आउजाउ गर्नेको अभिलेख राख्न र स्वास्थ्य जाँच गर्न पनि भनिएको बुढाले बताए । केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोरोना संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।

७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारीमा राख्न गृह मन्त्रालयकाे अपिल

लागु औषध सहित २ जना पक्राउ

७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन सेन्टर तयारीमा राख्न गृह मन्त्रालयकाे अपिल

डढेलो गाउँमा पस्दा चार घर र एउटा

Leave a comment

Your email address will not be published. Required fields are marked *