बुधबार थपिए १४५ जना कोरोना संक्रमित

सुर्खेत । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोन संक्रमितको कुल संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार बुधबार ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार १८७ पुगेको छ ।
हाल देशभर १ हजार १ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार गत २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २० पुगेको छ।






