ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच बुँदे माग बुझाए भन्छन् त ।

ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच बुँदे माग बुझाए भन्छन् त । तपाइँले माधवलाई जति नमानेनी ३८ सांसद त रैछन् त ।

हुन पनि माकुनेजी संसदीय दलको वैठक संसदीय दलकै कार्यालयमा गरम । अनि २८ फागुनाँ तपाइँले जोशैजोशाँ ग¥या निर्णय फिर्तालिनोस् । त्यसपछि पार्टी एक भएर जाने निर्णय गरम्भन्दा तपाईँ दल पनि बालुवाटारबाटै अनि सरकारनी बालुवाटारबाटै चलाउन लाएछि काँट कुरो मिल्दो के ।

के था तपाईँ अहिले सत्ताँ हुनुहुन्छ । त्यै बलाँ पेल्या पेल्यै गरेछि कतै साइबर सेनै लाएर बालुवाटाराट नेताहरलाई लखेटालखेट पार्दिनु भो भनेत गाह्रो भो नि ! जीवनाँ अँझै कतिपटक प्रधानमन्त्री बनम्ला भनेर कल्पना गरेर बस्या बेलाँ कहिले तँ मेरो पार्टीकै हैनस् ।

अनि कहिले पार्टीबाट निकाल्दिन्छु भनेर औला ठड्याइठड्याइ डराउनदेछि बालुवाटारा गर्ने बैठकाँ काँ जाउन त नी विचरा माधव नेपाल । ओलीबा अब भैगो तपाइँहरले जनतालाई जति मनोरन्जन दिनु भो दिनुभो । अब एमाले नेताजति एक्कै ठाँ भएर जानोस् सरकाराँ बस्ने हो भने । सरकार छोडन जब तपाइँको मनले मान्दैन भने झले र माकुने भनेर तर्साएर के गर्ने हो के ?

आखिर प्रचण्डलाई चाइँदा भाँडो नचाइँदा ठाँडो गरेर लखेटेछि आफ्नै दलभित्रका र सँगै खेलिखा र पार्टी चलामान्छे एक भएर सरकार चलाए त भै गो नि । आखिर मधेसीहरु तपाइँले भनेसी बुर्रकुसी मार्दै सत्ताँ आईहाल्छन् । चुनाउ जित्या तीनबर्ष भो । आँफूले खर्च ग¥या रकम झल्झल्ती देख्याछन् । कैले सत्ताँ जाम्ला र भष्टाचार गरम्ला भनेर दिन गनेर बस्या मधेसीको औकात राम्ररी था छँदैछ । मैदानमा उत्रिएको धेरै भो । समय सक्किने बेला भो लमी पठाउनोस् । अनि सँगै बसेर वाइन खानोस् । टण्टैसाफ । –वेदर्षि

ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच बुँदे माग बुझाए भन्छन् त ।

विद्यार्थीले ज्यान मार्ने धम्की दिए पछि :

ओलीबा ! माधव नेपालका ३८ सांसदले पाँच बुँदे माग बुझाए भन्छन् त ।

‘चन्दननाथमा कृषि र पर्यटन समृद्धिका मुख्य आधार

Leave a comment

Your email address will not be published. Required fields are marked *