नबिल बैंकले ल्यायो ‘युएस डलर नबिल आई कार्ड’

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर गर्दै नबिल बैंकले ‘युएस डलर नबिल आई कार्ड’ ल्याएको छ ।

यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर पाँच सय बराबरको ‘ई–कर्मस साइट्स’मार्फत अनलाइन सपिङ गरी विश्वभर (भारत बाहेक) भुक्तानी गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सो कार्ड लिनका लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक–पटक गरी एक वर्षमा अमेरिकी डलर पाच सय बराबरको परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् । बैंकले ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टबाट सेवा दिइरहेको जनाएको छ ।

नबिल बैंकले ल्यायो ‘युएस डलर नबिल आई कार्ड’

क्वारेन्टाइन र आइसोलेसन पुनः सञ्चालन गर्ने तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *