क्वारेन्टाइन र आइसोलेसन पुनः सञ्चालन गर्ने तयारी

सुर्खेत । कोरोना संक्रमणको जोखिम बढेपछि सुर्खेतमा पनि पुनः क्वारेन्टाइन र आइसोलेसनहरु सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
कोरोनाको जोखिम बढेपछि यसअघि सञ्चालन गरिएको क्वारेन्टाइन र आइसोलेसनहरु सञ्चालन गर्ने तयारी गरिएको हो ।
मंगलबार बसेको कारोना व्यवस्थापन तथा नियन्त्रण समितिको बैठकले भिडभाड गरेर होली खेल्न नपाइने, संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने,
सीमा नाकाबाट आउनेहरुको अभिलेख राख्ने, स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउने, कोरोना संक्रमण हुन नदिन चेतनामुलक सन्देशहरु प्रचार÷प्रसारण मास्क तथा सेनिटाइजहरुको अनिवार्य प्रयोग गर्ने निर्णय गरेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सबेको बैठकमा जिल्ला जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्ले, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र सरोकारवाला नियकाको सहभागिता रहेको थियो ।






