तरकारी खेतीबाट मनग्य आम्दानी

सल्यान : देशका युवाहरु विदेसिने क्रम नरोकिएको बेला सल्यानका युवाहरूले पनि तरकारी खेतीबाट वैदेशिक रोजगारीबाट प्राप्त हुनेभन्दा धेरै आम्दानी गर्दै आइरहेका छन्। युवाहरु रोजगारी नपाएको भन्दै युवा पलायन भई रहँदा आफ्नै गाउँघरमा तरकारी खेती गरी स्वरोजगार बन्दै आइरहेका छन्।

कुमाख गाउँपालिका–३ सेरीपाटाका लक्ष्मण बुढा मगरले शारदा नगरपालिका –१५ सिमलतारामा १५ रोपनी जग्गा भाडामा लिएर विगत एक वर्षदेखि तरकारी खेती गर्दै आइरहेका छन्।

वार्षिक एक रोपनीको ९ हजारका दरले भाडा दिने गरी जमिन लिजमा लगेको उनको भनाइ छ। गाउँमा तरकारी खेती गरे पनि बजार नजिक नहुँदा शारदा नगरपालिका आई लिजमा जमिन लगेर तरकारी खेती गरी रहेको उनको भनाइ छ।

उनले भने ‘जमिनको भाडा र अन्य खर्च कटाएर वार्षिक ३ लाख ५० हजारसम्म आम्दानी हुँदै आइरहेको छ। ’ यो वर्षदेखि डिभिजन वन कार्यालयसँग समन्वय गरेर जडीबुटीको नर्सरी पनि राखेको उनको भनाइ छ।

मौसमीभन्दा बेमौसमी तरकारीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ। २० वर्षीय बुढा मगरले विदेश गएर रगत र पसिना बगाउनुभन्दा स्वदेशमै सानो कामबाट राम्रो आम्दानी गर्न सकिने बताए।

यस्तै शारदा नगरपालिका – ६ बरलाका प्रदीप वलीले पनि तरकारी खेतीबाट .वार्षिक ४ लाखभन्दा बढी आम्दानी गर्दै आइरहेका छन्। तीन वर्ष खाडी मुलुक बिताएका वलीले विदेशको जति श्रम नेपालमा गर्ने हो भने विदेशको भन्दा नेपालमा धेरै आम्दानी गर्न सकिने बताए।

उनले भने, ‘विदेशको अनुभव पनि लिइयो तर विदेशको भन्दा नेपालमै धेरै राम्रो छ। विदेशको जति रगत पसिना यहाँ बगाउन सक्ने हो भने धेरै राम्रो कमाई गर्न सकिँदो रहेछ।’ ३ रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आइरहेका वलीले विदेशमा जानु भन्दा स्वदेशमै तरकारी, बाख्रा, कुखुरा पालन गर्न आग्रह गरे।

तरकारी खेतीबाट मनग्य आम्दानी

लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी, बैठक

तरकारी खेतीबाट मनग्य आम्दानी

सचिन रौनियारको ‘माया सरर’ (भिडियो)

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!