लुम्बिनी प्रदेशसभा बैठकमा एमाले सांसदको नाराबाजी, बैठक स्थगित
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।
सांसदद्वय अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध बनाएको हो।
बैठकमा एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि बैठक आजै दिउँसो साढे २ बस्ने गरी स्थगित गरिएको छ।
सांसदद्वय शाही र वलीमाथि एमालेले गरेको कारबाहीअनुसार पदमुक्त गर्न नसकिने ब्यहोराको पत्र प्रदेशसभा सचिवालयले एमालेलाई पठाएपछि एमालेले त्यसको विरोध गरेको हो।
एमाले संसदीय दलको नेता भविश्वर ढकालले आइतबार विज्ञप्ति जारी गरेर प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पद र मर्यादाको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय निर्णय गरेको आरोप लगाएका थिए।





