मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

एजेन्सी । अफगानिस्तानको काबुल अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेश गर्न खोज्ने ७ अफगानी मारिएका छन्।

तालिबानले काबुल कब्जा गरेपछि देश छाड्ने अफगानीको भीड थेगिनसक्नु छ। काबुलमा बसोबास गर्ने हजारौं अफगानी तालिबानले देशमा कब्जा गरेपछि विदेशिन चाहन्छन्।

अफगानिस्तानमा इस्लामिक स्टेट सक्रिय हुन थालेकाले यो घटना भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तालिबानले एक साताअघि अफगानिस्तान कब्जामा लिएपछि अहिलेसम्म काबुलबाट १७ हजार मानिस विदेशिएका छन्। अहिले काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा छ।

काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तै चुनौतीपूर्ण बनेको छ। मानिसहरूको सुरक्षित व्यवस्थापन गर्ने प्रयास भने जारी छ। कतिपय अफगानीले आफ्ना स–साना छोराछोरीलाई समेत सुरक्षित राख्न भन्दै विदेशी सैनिकहरूको जिम्मा लगाइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले प्रशारण गरिरहेका छन्।

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

पूर्व गृहमन्त्री ‘बादल’का भाइ नरेश जेलबाट छुटे

मारिए काबुल विमानस्थल प्रवेश गर्न खोज्ने ७ अफगानी

इरानमा कोरोनाका कारण फेरि उच्च मृत्युदर

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!