दीपक मनाङेले मन्त्रीको सपथ लिदैँ भने मसँग सरकारबारे केही ‘नलेज’ छैन

गण्डकी प्रदेश सभा सांसद राजिव गुरुङ ‘दीपक मनाङ’ले पुन मन्त्रीको सपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको सपथ खुवाएकी हुन्। यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

पहिलो पटक मन्त्री नियुक्त भएका मनाङेले त्यतिबेला यो सरकार दुई साता पनि नटिक्ने बताएका थिए। नभन्दै वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राजीनामा दिएपछि उनको मन्त्री पद पनि १० दिनमै गएको थियो ।

ठूलो दलको नेताको हैसियतमा प्रदेश प्रमुख पौडेलले पुन: मुख्यमन्त्रीमा गुरूङलाई नै नियुक्त गरेका थिए। मुख्यमन्त्री नियुक्त भएको साता दिनपछि गत बिहीबार गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका थिए। उनले पुरानै ५ जना मन्त्री नियुक्त गरेर बिहीबार नै अन्य मन्त्रीले सपथ लिए पनि मनाङे काठमाडौं भएकाले छुटेका थिए ।

मन्त्रीको सपथ लिनासाथ मनाङे युवा तथा खेलकुद मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन्। उनले एक साताभित्र पत्रकार सम्मेलन गरेर आफ्नो धारणा बाहिर ल्याउने प्रतिक्रिया दिए। ‘अहिले केही काम भा’छैन हेर्नुस्, भर्खर मन्त्रालय आछु’, उनले भने, ‘यो हप्ताभित्र पत्रकार भेटेर सबै कुरा भन्छु नि है ।’

मन्त्रालयले बजेट बनाउने काम गरिरहेको भन्दै उनले सबै ‘रेडी’ भइसकेको बताए। तर कति रकमको बजेट भन्ने उनले खुलाउन चाहेनन्। ‘बजेटका लागि सबै रेडी भा’छ, कुनै हटाउनु पर्ने कुनै थप्नुपर्ने छ’, उनले भने, ‘अहिले कामको लागि पछि लाग्नुपर्नेछ, सरकारबारे अहिले केही ‘नलेज’ छैन ।’

 

दीपक मनाङेले मन्त्रीको सपथ लिदैँ भने मसँग सरकारबारे केही ‘नलेज’ छैन

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता

दीपक मनाङेले मन्त्रीको सपथ लिदैँ भने मसँग सरकारबारे केही ‘नलेज’ छैन

ओलम्पिक बिजेता सुशील कुमार पक्राउ, पहलवान राणाको

Leave a comment

Your email address will not be published. Required fields are marked *