एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

काठमाडौं । निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) पार्टी दर्ताका लागि निवेदन परेको छ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूका नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नयाँ पार्टी दर्ताका लागि वैशाख ७ गते निवेदन दिएको र ४५ दिनपछि दल दर्ताको प्रमाणपत्र लिन बोलाएका उनले बताए  ।

नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले पनि श्रमजीविको पक्षमा काम नगरेकाले आफूले छुट्टै पार्टी दर्ता गरेको राईले दावी गरे । एमालेको माधवकुमार नेपाल पक्षका नेता राईले पार्टी भने आफ्नै लागि दर्ता गरेको बताए ।

‘मेरो राष्ट्रपति, प्रधानमन्त्री, माधव कमरेड सबैसँग राम्रो सम्बन्ध छ, तर नेताका लागि पार्टी दर्ता गरेको होइन, आफ्नै लागि हो’ उनले भने ।

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

दिल्लीमा पुनः बढ्यो लकडाउनः केजरीवालले भने, ‘युद्ध

एमाले विद्यार्थी नेताद्वारा नेकपा एकीकृत दल दर्ता गर्न निवेदन

दीपक मनाङेले मन्त्रीको सपथ लिदैँ भने मसँग

Leave a comment

Your email address will not be published. Required fields are marked *