ओलम्पिक बिजेता सुशील कुमार पक्राउ, पहलवान राणाको हत्याको आरोपमा १८ दिनदेखि थिए फरार

एजेन्सी । दिल्ली प्रहरीको विशेष दलले ओलम्पिक बिजेता पहलवान सुशील कुमारलाई पक्राउ गरेको छ ।

दुई पटक ओलम्पिक पदक जितेका सुशील कुमार पहलवान सागर राणाको हत्याको मामिलामा फरार थिए ।

प्रहरीका अनुसार उनलाई दिल्लीको मुन्डकाबाट पक्राउ गरिएको छ । भारतका लागि दुई पटक ओलम्पिक पदक जितिसकेका पूर्व विश्व च्याम्पियन पहलवान सुशील कुमार पछिल्लो समय फरार थिए । उनको गिरफ्तारीमा एक लाख भारु इनाम राखिएको थियो ।

सुशील कुमारमाथि पहलवान सागर राणा हत्याकाण्डमा अपहरण, हत्यालगायतका विभिन्न धारामा एफआइआर दर्ता छ ।

३८ वर्षका पहलवान सुशील कुमारबाहेक प्रहरीले ४८ वर्षका अजयलाई पनि पक्राउ गरेको छ । सुशील कुमारमाथि एक लाख भारुको इनाम थियो र अजयमाथि ५० हजारको थियो ।

ओलम्पिक बिजेता सुशील कुमार पक्राउ, पहलवान राणाको हत्याको आरोपमा १८ दिनदेखि थिए फरार

दीपक मनाङेले मन्त्रीको सपथ लिदैँ भने मसँग

ओलम्पिक बिजेता सुशील कुमार पक्राउ, पहलवान राणाको हत्याको आरोपमा १८ दिनदेखि थिए फरार

चीनमा हिमपातले लियो २१ धावकको ज्यान

Leave a comment

Your email address will not be published. Required fields are marked *