भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

एजेन्सी । भारतमा मुम्बई नजिकैको कोरोना भाइरस संक्रमित उपचारत एक अस्पतालको आइसियु कक्षमा भएको आगलागीमा १३ जनाको मृत्यु भएको छ । जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन् ।

महाराष्ट्र राज्यको राजधानी मुम्बईबाट ७० किलोमिटर टाढा रहेको विजय वल्लभ अस्पतालमा आगलागी भएको हो । शुक्रवार बिहान लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन्। घटना भएको बेला उक्त अस्पतालमा ९० जना बिरामी भर्ना गरिएको थियो ।

पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण भएको छ। अहिलेसम्म १ लाख ८६ हजार ९२० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको छ। जसकाका कारण अस्पतालहरूमा बिरामीको भिड छ। तिनमा अक्सिजन, आइसियु शय्या र भेन्टिलेटरको कमी भएको बताइएको छ।

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

भारतमा कोरोना संक्रमण भयावह‚ दिल्लीको खुला ठाउँमा

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३ जनाको मृत्यु

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै भारतमा

Leave a comment

Your email address will not be published. Required fields are marked *