भारतमा कोरोना संक्रमण भयावह‚ दिल्लीको खुला ठाउँमा शव जलाइँदै

एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै ३ लाख ३२ हजार ७३० जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार २६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण भएको छ । अहिलेसम्म १ लाख ८६ हजार ९२० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रूपमा बढेसँगै संघीय राजधानी रहेको नयाँ दिल्लीको खुला ठाउँमा शव दहन गर्न थालिएको छ।

भारतमा कोरोना संक्रमण भयावह‚ दिल्लीको खुला ठाउँमा शव जलाइँदै

५३ सैनिकसहित बेपत्ता नौसैनिक पनडुब्बीको खोजी तीव्र

भारतमा कोरोना संक्रमण भयावह‚ दिल्लीको खुला ठाउँमा शव जलाइँदै

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३

Leave a comment

Your email address will not be published. Required fields are marked *