स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै भारतमा चुनावी र्‍याली गर्न रोक

एजेन्सी । कोरोनाभाइरसको संक्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न रोक लगाए छ ।

पछिल्ला दिनमा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएको छ । जसले गर्दा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो ।

भारतका राज्यहरूमा यो वर्ष विभिन्न चरणमा चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेदवारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको जनाएको छ। देश संक्रमणको मारमा परेको बेला भइरहेका यस्ता गतिविधिलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको समेत चर्को आलोचना भइरहेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै भारतमा चुनावी र्‍याली गर्न रोक

भारतको कोरोना संक्रमित उपचाररत आइसियुमा आगलागी‚ १३

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको भन्दै भारतमा चुनावी र्‍याली गर्न रोक

भारतमा कोरोना कहर : संक्रमित र मृत्युको

Leave a comment

Your email address will not be published. Required fields are marked *