एमाले विभाजन रोक्न ओलीले आज पनि माधव नेपालसँग वार्ता गर्ने

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि अर्का नेता माधवकुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

बुधवार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । आज पनि सोही स्थानमा दिउँसो २ बजे भेटेर सहमतिको लागि अन्तिम प्रयास गर्ने स्रोतले जनाएको छ ।

ओली र नेपालबीच आज हुने वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि बुधवार वार्ता निष्कर्षमा पुगेका थिएन ।

ओलीसँग भेट्नुअघि माधव नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गरेका छन् । नेपालमाथि उनी समूहकै नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् ।

पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावल लगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् । अध्यक्ष ओलीले शुक्रवारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गरेका छन् ।

नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

एमाले विभाजन रोक्न ओलीले आज पनि माधव नेपालसँग वार्ता गर्ने

बुदुमस्ट क्षेत्र बिकास कोष यस वर्ष हिउँ

एमाले विभाजन रोक्न ओलीले आज पनि माधव नेपालसँग वार्ता गर्ने

पार्टी बलियो बनाउन थालेको संवादलाई कमजोरी नठाने

Leave a comment

Your email address will not be published. Required fields are marked *