बुदुमस्ट क्षेत्र बिकास कोष यस वर्ष हिउँ परेपछि तीर्थयात्रामा

प्रचण्ड खत्री ।
रुकुमपश्चिम । रुकुमपश्चिमको बाफिकोट गाउपालिका स्थित वडा नम्बर ५ काडा स्थित बुदुमस्ट मन्दिरको यस बर्षको धार्मिक यात्रा सुरु भएको छ ।
प्रतेक बर्षमा यस मन्दिरको ३ देखि ७ दिन सम्मको यात्रा तए हुने गर्दछ । यस बर्ष भने ७ दिनको यात्रा भएको बुदुमस्ट क्षेत्र बिकास कोषका सचिब रामप्रसाद केसीले बताए ् केसीका अनुसार लेकतिर हिउँ परिसकेको र बाताबरण प्रदूषण कम हुने भएकाले यात्रा बुधबार देखि जारि रहेको बताए ।
यस बर्ष उनीहरुको यात्रा बाफिकोट गाउपालिकाको सिमाना हले , नौबन , आठबिसकोट नगरपालिकाको वडा नम्बर १ स्यालाखदी , रोकाजा सम्मको हुने बताएको छ उनिहरु ७ जनाको समुह बनाएर तिर्थयात्रामा हिडेका छन लेकतिर गए ७ दिनको यात्रा हुन्छ भने तातोपानी गए ३ दिनसम्मको यात्रा हुने मन्दिरका प्रमुख संरक्षण धुर्बराज केसीको भनाई छ ।

हरेक बर्षको धार्मिक यात्रामा डेडसय भन्दा बडी तिर्थालु सहभागी हुन्थे तर विश्वमा फैलीएको कोरोणा भाईरर्स कोभिड कारण ७ जनाको समुह बनाएर गएको प्रमुख संरक्षण केसीले बताए ।
यात्राको क्रममा घरमा बास बस्न मिल्दैन , भात खान मिल्दैन ्र रोटि मात्र खान मिल्ने केसीले बताउछन । यात्राको क्रममा नुन समेत खान नमिल्ने , हिउँमा खेल्दै , रुखको फेदमा बास बसेर घरमा फर्कने चलन रहेको छ । धार्मिक यात्रा गरेपछि धन , मन र जन प्राप्त हुने बिश्वास रहेको छ ्र उनका अनुसार झन्डै १ सय बर्ष देखि यो यात्रा हुदै आएको छ धार्मिक यात्रा गरेपछि मनले चिताएको पुग्ने बुदुमस्ट क्षेत्र बिकास कोषका सदस्य शुकराम देबकोटाले बताए ।






