बसपार्क नहुँदा समस्या

कालिकोट ।  कालीकोटमा यातायातका साधन पुगेको १५ वर्ष पुग्दा पनि अझै बसपार्क बन्न सकेको छैन । २०६३ चैतमा पहिलो पटक मिनिट्रक पुगेसँगै कालीकोटमा यातायातका साधन सञ्चालनमा छन् । तर, भौगोलिक कठिनाइका कारण र सम्बन्धित निकायको बेवास्ताले अझैसम्म बसपार्क बन्न सकेको हैन ।

जिल्लामा व्यवस्थित पार्किङ स्थल अभावले जोखिमपूर्ण ठाउँमा यातायातका साधन राख्नुपरेको यातायात व्यवसायी बताउँछन् । यातायात व्यवसायीले पार्किङ
गर्नेठाउँ नपाएर कर्णाली राजमार्गका छेउछाउमा जोखिम उठाएरै आफ्ना सवारी थन्क्याउँदै आएका छन् ।

व्यवस्थित बस बिसौनी अभावले यस्तो समस्या झेल्नु परेको उनीहरूको भनाइ छ । देशका विभिन्न सहरबाट छुटेका सवारी साधनसँगै मालवाहक गाडी जितेको छहरामा सधैँजसो पार्किङ गर्ने गरिएको छ । साँघुरो सडक र भिरालो ठाउँको छेउमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता रहेको गाडी चालकको भनाइ छ ।

तर, स्थानीय प्रशासनले ठाउँ हुँदाहुँदै पनि व्यवसायीले आफूखुसी छहराको जोखिम ठाउँमा पार्किङ गर्दै आएको दाबी गरेको छ । छहरामा पार्किङ गर्ने मालवाहक गाडी र सार्वजनिक यातायातका साधनलाई हुल्म बजारमा ल्याएर राख्न बारम्बार निर्देशन दिइए पनि उनीहरूले अटेर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

जुन यातायात समितिको पालो आउँछ, उसैले यात्रुलाई चढाउन जाने र अन्य समय हुल्ममा पार्किङ गर्ने ब्यवस्था मिलाउन भनिए पनि यातायात समितिले बेवास्ता गर्दा समस्या आएको प्रजिअ आचार्यले जानकारी दिए ।

बसपार्क नहुँदा समस्या

भतिजाले खाइदिए काकाको कान !

बसपार्क नहुँदा समस्या

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *