भतिजाले खाइदिए काकाको कान !

सल्यान । सल्यानमा आपसी विवादमा काका–भतिजाबीच झगडा हुँदा भतिजाले काकाको कान टोकेर खाइदिएको ईलाका प्रहरी कार्यालय लुहामले जनाएको छ ।

कालीमाटी गाउँपालिका–१ हिङनाउरे गाउँका ५६ वर्षीय काका धनबहादुर कुँवर र भतिजा खीमबहादुर कुँवरबीच झगडा भएको हो । मंगलवार राति ९ बजेतिर उनीहरूबीच झगडा भएको ईलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।

‘कान टोकेर पूरै छिनालिएको छ, कान खोज्दा पनि भेटिएको छैन,’ उनले भने, ‘भतिजोलाई सोध्दा मैले खाइदिएँ भन्छ ।’ पीडित धनबहादुर कुँवरको काप्रास्थित स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

छिनालिएको कानको भागबाट रगत रोक्नका लागि टाका लगाइएको यादवले बताए । यादवका अनुसार सामान्य उपचारपछि उनी आफैं जाहेरी दिन ईलाका प्रहरी कर्यालयमा पुगेका छन् । पीडित धनबहादुरले करिब ५÷६ वर्ष पहिले पीडक खीमबहादुरका बुवाको कान टोकेर छिनालेको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

‘त्यो घटना केही वर्ष पहिले भएको रहेछ, अहिले भने बाख्राको विषयमा विवाद भएपछि उनले पनि कान खाइदिएको हो भन्ने आएको छ,’ प्रहरी निरीक्षक
यादवले भने ।

भतिजाले खाइदिए काकाको कान !

कटकुवा स्वास्थ्यचौकी अब कोरोना अस्पताल

भतिजाले खाइदिए काकाको कान !

बसपार्क नहुँदा समस्या

Leave a comment

Your email address will not be published. Required fields are marked *