कटकुवा स्वास्थ्यचौकी अब कोरोना अस्पताल

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ । बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउँने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो हलर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा पनि संक्रमणको जोखिम बढेकाले पुर्व तयारी स्वरुप ‘कोभिड अस्पताल’ बनाउँन लागिएको वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल १०० शय्याको आइसोलेसन अस्पताल बनाउनेछ । नगरपालिकाले वडास्तरिय कोरोना संकट समितीलाई समेत सक्रिय बनाई वडा तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने बताएको छ ।

नगरभित्रका कोभिड–१९ का विरामीको व्यवस्थापनका लागी नगरपालिकामा रहेको एम्बुलेन्सलाई सञ्चालनमा ल्याउने निर्णय पनि गरेको उपप्रमुख ढकालले जानकारी दिइन् ।

कटकुवा स्वास्थ्यचौकी अब कोरोना अस्पताल

YUGAAWHAN NATIONAL DAILY (2078-01-09)

कटकुवा स्वास्थ्यचौकी अब कोरोना अस्पताल

भतिजाले खाइदिए काकाको कान !

Leave a comment

Your email address will not be published. Required fields are marked *