सरकारले रुख काट्ने अनुमति नदिदा आयोजनाको काममा ढिलाइ

सुर्खत : कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत लाइन विस्तार गर्न आयोजना क्षेत्रका १३ हजार ५६ वटा रूख काट् नुपर्छ । आयोजना प्रमुख रविकुमार चौधरीका अनुसार सुर्खेतमा ६ हजार आठसय २०, बर्दियामा तीन हजार तीनसय २० र बाँकेमा दुई हजार नौसय १६ वटा रूख काट्नुपर्छ ।

तर आयोजनाले १४ महिना वित्दा पनि रुख काट्ने अनुमति पाएको छैन । जसले गर्दा काममा ढिलाइ भएको हो । आयोजना क्षेत्रभित्र पर्ने रूख काट् नका लागि अनुमति मागेको ६ महिना पुगिसकेको छ । तर वन तथा वातावरण मन्त्रालयले रुख कटानको अनुमति दिएको छैन । रुख कटानको अनुमति नपाएपछि आयोजनाले गति लिन नसकेको हो ।

‘अन्य कामहरु सकिएको छ, ६ महिनादेखि रुख काट्ने अनुमति पाएका छैनौँ’ आयोजना प्रमुख चौधरीले भने, ‘रुख काट्न नपाउँदा जहाँ–जहाँ जंगल छैन, त्यही–त्यही ठाउँमा मात्रै काम गर्नु परेको छ ।’

आयोजनाले खाली रहेका १३ वटा स्थानमा मात्रै फाउन्डेसन निर्माण गरेको छ । थप तीन स्थानमा फाउन्डेसन निर्माण भइरहेको छ । आयोजना विस्तार गर्दा कुल एकसय ६१ वटा पोलहरु राख्नुपर्दछ । ति पोलहरु राख्न फाउन्डेसन निर्माण गर्नुपर्दछ । आयोजनाले अझै एकसय ४५ वटा फाउन्डेसन निर्माण गर्न बाँकी छ ।

तर रुख जति छिटो निर्णय ग¥यो, उत्ति चाँडो आयोजना अगाडि बढ्ने उनको तर्क छ । मन्त्रिपरिषद्ले निर्णय गरेपनि रुख कटानको अनुमति पाउन थप झन्झटिलो हुन्छ । बन मन्त्रालयहुँदै, राष्ट्रिय निकुञ्जबाट अनुमति पाएपछि मात्रै आयोजनाले रुख काट्न पाइदैन

सरकारले रुख काट्ने अनुमति नदिदा आयोजनाको काममा ढिलाइ

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना

सरकारले रुख काट्ने अनुमति नदिदा आयोजनाको काममा ढिलाइ

आयोजनामा २५ प्रतिशत प्रगति

Leave a comment

Your email address will not be published. Required fields are marked *