आयोजनामा २५ प्रतिशत प्रगति

कोहलपुर : सुर्खेत १३२ केभीए विद्युत आयोजना सम्पन्न हुन अब दश महिना मात्र बाँकी छ । सम्झौता अनुसार आउँदो भदौं १५ गतेभित्र पुरा गरिसक्नुपर्ने छ । तोकिएको समयावधि आउन अब दश महिना मात्र बाँकी छ ।
तर समयावधि नजिकिदै गर्दा आयोजनाको प्रगति भने निकै निराशाजनक छ । सुरुवाती चरणमा उत्साहजनक रुपमा काम भएको आयोजनाको पछिल्लो ६ महिनाको प्रगति भने न्यून छ । समयमै रुख कटानको अनुमति नपाउँदा प्रगति न्यून देखिएको छ । रुख काट्ने अनुमतिमा धेरै ढिलाइ नभए तोकिएकै समयमा काम सम्पन्न हुने आयोजनाको दाबी छ ।
‘जति छिटो रुख काट्न पायो, आयोजना त्यति छिटो सम्पन्न हुन्छ’ प्रमुख चौधरीले भने, ‘एक महिनाभित्र रुख काट्ने अनुमति पाए, तोकिएकै समयमा आयोजना सम्पन्न हुन्छ ।’ अन्य जटिल कामहरु सम्पन्न भइसकेको भन्दै उनले २४ महिनाभित्र (२०७९ भदौं १५ गतेभित्र) काम सक्नेगरी आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फ्राप्रोजेक्ट प्राइभेट लिमिटेड’ लाई निर्माणको ठेक्का दिएको थियो ।
७० करोडमा ठेक्का लिएको निर्माण कम्पनीले विद्युत लाइन प्रसारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिदलगायतका सम्पूर्ण कामहरू गर्नुपर्नेछ ।






