दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

दाङ : दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । सुर्खेतबाट काठमाण्डौ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति पौने २ बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका २९ मध्ये चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा काठमाण्डौ बस्ने २७ वर्षका आयुषकुमार लामा, सुर्खेतको लेखबेसी नगरपालिका(६ की ३२ वर्षकी लक्ष्मी शर्मा, कालीकोट निलागुफा(९ बस्ने २१ वर्षका बमबहादुर शाही र मुगुका २८ वर्षका धर्मराज जैसी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले पक्राउ गरेको लिएको छ ।

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

आज सुनचाँदीको भाउ घट्यो

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना घाइते

सरकारले रुख काट्ने अनुमति नदिदा आयोजनाको काममा

Leave a comment

Your email address will not be published. Required fields are marked *