सपथ अध्यादेश : हटाइयो ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द

काठमाडौं । सरकारले सपथ लिन औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको छ ।

सपथसम्बन्धी अध्यादेशमा सार्वजनिक पदधारण गर्ने व्यक्तिले सपथ लिँदा वा सपथ गराउँदा नेपाल सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने व्यवस्था गरेको हो। यद्यपी आफ्नो संस्कृति र परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा वा पोशाक लगाएर सपथ लिन सकिने अध्यादेशमा व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए। ‌ओलीको सपथ विवादमा परेपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो।

सरकारले जारी गरेको अध्यादेशमा सपथको ढाँचा समावेश गरिएको छ। प्रधानमन्त्रीले भन्न अस्वीकार गरेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने नयाँ सपथको ढाँचामा हटाइएको छ।

त्यस्तै, अध्यादेशमा सरकारले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने विषय सपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था छ ।

सपथ अध्यादेश : हटाइयो ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द

एन्फोद्धारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *