एन्फोद्धारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

सुर्खेत । बातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परीयोजना अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिकाको कोभिड अस्पताल र बराहताल गाउँपालिकाको केन्द्रको लागि विभिन्न व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।

सहयोग गरिएका स्वास्थ्य सामाग्रीहरुमा प्रत्येक नगरपालिकाको लागि ओक्सिमिटर २५ वटा, थेर्मोमिटर २५ वटा, व्यक्तिगत सुरक्षा पहिरण २५ थान, निर्मलिकरण स्प्रे २५ वटा, सर्जिकल मास्क २५ बक्स, सर्जिकल ग्लोवस २५ बक्स, सेनिटाईजर ५ लिटर वाला १५ बोतल, फेसवास २५ वटा र ढकन भएको बाल्टिन २५ वटा रहेको छ ।

साथै आवश्यक अनुसार नगरपालिकाको कोभिड अस्पताल र आइसुलेसन केन्द्रको खानेपानी, सरसफाइ तथा स्वच्छता पुर्वधारहरुमा सुधार पनि गर्न सक्ने यस परीयोजनाका सयोजक अनिल महर्जनले बताए । उक्त सामाग्री हस्तान्तरणको समयमा सस्थाको तर्फबाट परीयोजना कर्मचारीले नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो ।

 

एन्फोद्धारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १७७

एन्फोद्धारा स्थानीय तहलाई स्वास्थ्य सामाग्री वितरण

सपथ अध्यादेश : हटाइयो ‘प्रतिज्ञा गर्दछु’ भन्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *