घुँयत्राे : प्रदेश अस्तालको रोइलोले कोरोना बेलाँ कोठाभित्रै बसेर समय काट्नलाई राम्रै काम गर्याछ ज्वानौ ।

सुर्खेतको प्रदेश अस्तालको रोइलोले कोरोना बेलाँ कोठाभित्रै बसेर समय काट्नलाई राम्रै काम गर्याछ ज्वानौ । कतै पनि चित्त बुझाउने बाटो नरहेकाे जता हेर्याे त्यतै भष्टाचार र अनियमितताले चुर्लुम्म डुब्या कर्नाली सरकारको हर्कतलाई रोक्नै भएनी स्वास्थ राज्यमन्त्री कर्नालीकै भा हुनाले अस्तालाँ माओवादीको राइँदाइँ चल्न नदिन अस्ताललाई केन्द्राँ लग्ने जुन अभ्यास थालियो, त्यो समग्राँ राम्रो काम हो ।
तर के गर्नु झोलेहरुको भीडले ढाक्या यो मुलुकाँ रुवाबासीले सात गाउँ हल्लाउँछ अनि के गरून् बिचरा ? केही काम गर्न खोज्नेहरु नी झोलेहरुको घेराबन्दीमा पर्छन् । त्यो अस्तालमा साँच्चै कर्नाली सरकारले आफ्नै ठान्थ्यो र कर्नालीका जनतालाई आफ्नै ठान्थ्यो भने यो रडाको मच्चिनुभन्दा अघिसम्म कोरोना बिरामीका लागि यो अस्तालाँ कर्नाली सरकारले रकम किन छुट्याएन ?
रुवाबासी गर्नेले गरिराख, ओलीबाले अब ठस्काएछि ठस्काए ठस्काए । कुनचाँही माइकालालको हिम्मत छ कि ओलीबाको निर्णय उल्टाउने ? चाहे यामलाल मुख्यमन्त्री नभा झोकाँ प्रदेश अस्ताललाई केन्द्रीय बनाइयो भनेनी महेन्द्र शाहीको नालायकीपन र भष्टाचारको परिणति भनम् निर्णय ठोक्नेले ठोक्यो ठोक्यो । तीन बर्ष महेन्द्र शाहीले खाए, अब ३ बर्ष भिरे, अरिङ्गाल, साइबरसेना जे जेल्ले खान्छन् खान दिम्न ।
आखिर उनीहरुले नि चुनाव जित्याछन् त । राज्यको ढुकुटियाँ तिन्लेनी त दाइ हाल्न पाउनु परो । तीन बर्षपछि फेरि अर्काे कुनै दलले जितेछ भने तिन्लेनी आफ्नो पालो खोज्ने नै होलान् । आखिर संघीयता भनेकै राज्यको ढुकुटियाँ रजाइँ चलाइ रहने जनतालाई मिठामिठा सपना देखाउने लास्टाँ त्यै चाउचाउ किनेर खाने, कालापहाड जाने, सरकारले जहाजाँ पुगाको चामलाँ राजनीति गर्ने, पञ्चहरुलाई सराप्ने, राजालाई धारेहात लाउने, तर कर्नालीका जनता भारताँ नगइ पेटभरी खानै नपाउने बनाउने त होईच तरिका ।
वितेका तीन वर्षा त्यै त देख्खियो । मन्त्री भाका जतिले आफ्ना गाउँमा बजेट लग्ने र मिलिबाँडी खाने मन्त्री नहुने र बजेट नपाउनेले १÷२ दिन सदना उफ्रने अनि मुख्यमन्त्री को दया जागो भने गाउँ डुल्न जाने भ्रमण आदेश स्वीकृत गराउने पाको अलिअलि चाट्ने बस चुपचाप । धन्य हो तिमीहरुको संघीयता अनि गाउँघराँ आको सिंहदरबार ! जसले भेटायो उल्ले लुटने मुलुकाँ बसेर यसो नभएर यसो हुनुपर्ने भन्ने के को तर्क वितर्क गर्नु ? सके चुनाउका बेलाँ लुटुवाहरुलाई भोट नदिम, नसके तिन्को चर्तिकला हेरम बसम् । हामी जनतासित यसको विकल्प के छ र ? त्यसैले अस्पताल जाउनकि अरु कुनै ताल जाउन, हाम्रा दुख हामीसितै छन् सरकारले हेर्ने हैन । बेकाराँ थोत्रागाला बजाएर के गर्नु ?
वेदर्षि






