नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वानविरूद्ध सर्वोच्चमा १३ रिट, दर्ता प्रक्रिया आइतबारलाई सर्‍यो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नयाँ सरकार गठनको आह्वान गरेपछि त्यसविरूद्ध सर्वोच्च अदालतमा १३ रिट पेश भएका छन् । शुक्रबार पेश भएका यी सबै रिट समय अभावका कारण दर्ता गर्न नसकिएको सर्वोच्चका रिट महाशाखा प्रमुख बाबुराम दाहालले बताए ।

‘आज सबै रिट अध्ययन गर्यौं, तीन वटा रिट क्षेत्राधिकारभन्दा बाहिर गएर ल्याइएको थियो । ती सच्याएर ल्याउन भनेका छौं। यति गर्दागर्दै आज कार्यालय समय सकियो,’ उनले भने, ‘आइतबार दर्ता हुन्छ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि बिहीबार गरेको आह्वान संविधानविपरीत भएको भन्दै त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ।

अधिवक्ता कपिलदेव ढकाल,सन्तोष भण्डारी, राजकुमार सुवाल, कल्पना शर्मा, रामबहादुर शाहीलगायत ६ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अधिवक्ता शाहीले आफूले दिएको रिट सर्वोच्च अदालतले दर्ता प्रक्रियामा पठाएको बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वानविरूद्ध सर्वोच्चमा १३ रिट, दर्ता प्रक्रिया आइतबारलाई सर्‍यो

सेभ द चिल्ड्रेनले दियो कर्णाली सरकारलाई ४८

नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आह्वानविरूद्ध सर्वोच्चमा १३ रिट, दर्ता प्रक्रिया आइतबारलाई सर्‍यो

घुँयत्राे : प्रदेश अस्तालको रोइलोले कोरोना बेलाँ

Leave a comment

Your email address will not be published. Required fields are marked *