अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

काठमाडौं  । अभिनेत्री रोशनी केसी कोरोना संक्रमित भएकी छन् । केसीमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । ‘गत हप्ताको मंगलबारबाट मेरो स्वास्थ्यमा समस्या देखिएका थियो ।

साधारण रुघाखोकी होला भने त्यही अनुसारको औषधी खाएको थिए’, केसीले भनिन्, ‘गत शनिबारदेखि झन् सिरियस बनायो । यो कोरोना नै हो भनेर सजक रहेर छुट्टै बस्दै आएको थिएँ ।’

आफूलाई केही दिन गाह्रो पारेकोले सहज भएपछि बुधबार मात्र कोरोना चेक गराएकी उनको कोरोना पुष्टि भएको बताइन् । उनी अहिले होम आइसोलेसनमा छिन् ।

‘जानी नजानी’ र ‘डा. खाते’ फिल्म समेत निर्माण गरेकी केसी म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् । केसी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको महामन्त्री पनि हुन् ।

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’

अभिनेत्री रोशनी केसीलाई कोरोना संक्रमण

‘वेलकम टु हेम्जाकोट’ को ९० प्रतिशत छायाँकन

Leave a comment

Your email address will not be published. Required fields are marked *