राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रपति गणतन्त्रको प्रतीक हो भन्दै उनले राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे ।

‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो’ उनले भने ‘आफ्नो अनुकुल भएन भनेर …।’ प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।

‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’ उनले आफ्नो कदमको अदालतले ब्याख्या गर्ने पनि जिकिर गरे । ‘संविधानको ब्याख्या गर्ने, स्वतन्त्र न्यायपालिका होला पहिले पनि ब्याख्या गरेको देखकै हो’ उनले भने ।

राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा ११ वटा

राष्ट्रपतिको हुर्मत लिने काम भयो : प्रधानमन्त्री ओली

ओलीको चुनौती- सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा

Leave a comment

Your email address will not be published. Required fields are marked *