बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज– बाँकेका अस्पतालमा भर्ना भएका थप १२ सङ्क्रमितको गए राति उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा सात र कोहलपुरस्थित शिक्षण अस्पतालमा पाँच गरी थप १२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

मृत्यु हुनेमध्ये सात बाँकेका रहेकाे उनले बताए। भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका–३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका–७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका–३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका–३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका वडा नं ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका– ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति मृत्यु भएको वलीले जानकारी दिए।

यसैगरी, कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका–१० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका–६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका–३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका– ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र

बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

एमाले प्रतिपक्षमा बस्न तयार छ : पूर्वमन्त्री

Leave a comment

Your email address will not be published. Required fields are marked *