नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र नाटकीय व्याख्या भयो : प्रधानमन्त्री

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्दा त्यसको कृत्रिम र नाटकीय व्याख्या भएको टिप्पणी गरेका छन्।

अहिले सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहेका प्रधानमन्त्री ओलीले भने, ‘मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिसमक्ष मार्गप्रशस्त गरेको र संविधानको धारा ७६ को ५ बमोजिम बाटो खोलेको भनेर सिफारिस गरेको थिएँ ।

त्यो कुरा बाहिर आएपछि निकै कृत्रिम र नाटकीय व्याख्याहरू हुने गरेको पाइयो। यो असाध्यै नयाँ कुरा अचानक आए जस्तो भयो। यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो। त्यस्तो अवस्थामा संविधानको धारा ७६ (५) मा नै जाने हो।’

बजेटभन्दा अगाडि संसदमा नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्नुपर्ने र त्यसका लागि समय अपुग भएकाले आफूले मार्गप्रशस्त गरेको उनले दाबी गरेका छन्।

नयाँ सरकारका लागि मार्गप्रशस्त गर्दा कृत्रिम र नाटकीय व्याख्या भयो : प्रधानमन्त्री

बाँकेमा थप १२ जना कोरोना संक्रमितको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *