माओवादीले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले आकस्मिक स्थायी कमिटीको बैठक बोलाएको छ।
दिउँसो १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।
बैठकमा नयाँ सरकार गठनको सबै विकल्पबारे छलफल हुने उनले बताए।
राष्ट्रपति संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय दिएकी छन्।
राष्टपति र प्रधानमन्त्रीले संविधान कुल्चिएको निष्कर्षसहित महाअभियोग र अविश्वासको प्रस्ताव लानेबारे प्रतिपक्षी दलहरू जुटिरहेका छन्।






