जर्ज फ्लोएडको हत्यामा पूर्वप्रहरी डेरेक चौभिन दोषी ठहर, ४० वर्ष जेल सजाय तोकियो

मिनियापोलिस । संयुक्त राज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ ।

झण्डै तीन सातादेखि अदालतमा चलिरहेको बहसलाई विश्वका सबैजसो प्रमुख समाचारमाध्यमले प्रमुखताका साथ प्रकाशन/प्रशारण गरेका थिए । डेरेकले अश्वेत नागरिक फ्लोएडलाई पक्राउ गरेपछि भुइँमा लडाएर घुँडाले घाँटी थिच्दा मृत्यु भएको थियो । मिनियापोलिसको अदालतले उक्त फैसला सुनाएलगत्तै अदालत बाहिर भेला भएका फ्लोएडका ठूलो संख्याका समर्थकले खुशी साटासाट गरेका थिए ।

जमानतमा रिहा भएका चौभिनलाई फैसला सुनाउनुअघि हत्कडी लगाएर अदालतमा उपस्थित गराइएको थियो । हेन्नेपिन काउन्टीका न्यायाधीश पिटर केहिलले फैसलाको पाठ सुनाउँदै उक्त फैसला सर्वसम्मत रहेको बताएका थिए । अदालतको जुरीमा ७ जना महिला र ५ जना पुरुष रहेका थिए ।

आदेशमा गम्भीर अपराध गरेको भन्दै चौभिनलाई ४० वर्ष जेल सजाय हुने उल्लेख छ । मिनियापोलिस प्रहरीमा १९ वर्ष बिताएका चौभिनले फ्लोएडलाई ९ मिनेटभन्दा बढी घाँटीमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो, जसमा फ्लोएडले पटक-पटक ‘म श्वास फेर्न सकिरहेको छैन’ भन्ने सुनिएको थियो । ४६ वर्षीय फ्लोएडको २५ मे, २०२० का दिन मृत्यु भएको थियो ।

फ्लोएडमाथि एउटा पसलमा २० डलरको नक्कली नोट दिएको आरोप छ । तर उक्त घटनालाई जातीय अन्याय र प्रहरीको क्रुरताको रुपमा व्याख्या गर्दै अमेरिका र विश्वका अन्य कतिपय मुलुकमा विरोध प्रदर्शन भएका थिए ।

फैसला आउनुअघि अमेरिकी शहरहरुमा हिंसा भड्किने खतरा भन्दै सुरक्षा सतर्कता व्यापक बनाइएको थियो । (रासस/एएफपी)

जर्ज फ्लोएडको हत्यामा पूर्वप्रहरी डेरेक चौभिन दोषी ठहर, ४० वर्ष जेल सजाय तोकियो

सापकोटाको मुद्दा हेर्न नभ्याइनेमा

जर्ज फ्लोएडको हत्यामा पूर्वप्रहरी डेरेक चौभिन दोषी ठहर, ४० वर्ष जेल सजाय तोकियो

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त चुडाल र सुवेदीले

Leave a comment

Your email address will not be published. Required fields are marked *