ओली बिनाको एमाले कल्पना गर्न सकिन्न, नेपाल बिनाको एमाले ज्युँदो रहन्न: सांसद बुढा

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर २७ जना सांसदलाई मंगलबार स्पष्टीकरण सोध्दा नेपाल पक्षधर ८ जना सांसदलाई भने स्पष्टीकरण सोधिएको छैन ।

नेपाल पक्ष भनेर चिनिएका प्रतिनिधि सभाका ३५ सांसदमध्ये गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी, पार्वतीकुमारी विसुङखे, कलिला खातुन, समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टीकरण सोधेका छैनन् ।

स्पष्टीकरणमा नपरेका सांसद राजबहादुर बुढाले आफू ओली, नेपाल पक्षधर भन्दा पनि एमाले पक्षधर रहेको बताए । सशक्त एमाले बन्नका लागि सबैले पार्टी नेतृत्वलाई सघाउनु पर्ने भन्दै उनले त्यसका लागि नेतृत्वले सबैलाई समेटन सक्नुपर्ने बताए ।

‘सांसदहरूलाई किन स्पष्टीकरण सोधियो भनेर मैल भन्न सक्ने कुरा भएन । तर मैले कुनै सम्झौता गरेका कारण मलाई स्पष्टीकरण नसोधिएको होइन,’बुढाले  भने । केपी ओली र माधव नेपाल नमिले कम्युनिष्ट आन्दोलन सकिनेसमेत उनको भनाइ छ ।

‘अहिले कोही यताउता लाग्दैमा समस्या समाधान हुने होइन । केपी ओलीले तत्काल वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमलाई बोलाएर पार्टी एकताको पहल गर्नुपर्छ ।

उहाँहरू मिल्नासाथ अहिले भइरहेका भेला र समानान्तर कमिटी सबै बन्द हुन्छन्,’ उनले भने,’केपी ओलीले राजबहादुर बुढालाई आफ्ना पक्षमा पार्नुभन्दा खनाल, नेपाल र गौतमलाई आफ्ना पक्षमा पार्नु पार्टीका लागि कयौं गुणा फाइदाजनक हुन्छ । किनकी म त पार्टी एकताका लागि केन्द्रीय सदस्य र सांसद दुबै पद छोड्न तयार छु।’

ओलीबिनाको एमाले कल्पना गर्न नसकिने र नेपालबिनाको एमाले जिउँदो नरहने भन्दै उनले ओली र नेपालले पार्टी विभाजन गरे जो जता लागे पनि कार्यकर्ताले दुःख पाउने बताए । नेपालका पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकर्ण बिष्ट, राजबहादुर बुढा, गंगा चौधरी, पार्वतीकुमारी विसुङखे, कलिला खातुन,समिना हुसेन र बिना बुढाथोकीलाई ओलीले स्पष्टीकरण सोधेका छैनन् ।

ओली बिनाको एमाले कल्पना गर्न सकिन्न, नेपाल बिनाको एमाले ज्युँदो रहन्न: सांसद बुढा

सापकोटाको मुद्दा हेर्न नभ्याइनेमा

Leave a comment

Your email address will not be published. Required fields are marked *