कोरोनाबाट दाङका पत्रकार अधिकारीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दाङका पत्रका दामोदर अधिकारीको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित अधिकारीको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

अधिकारीलाई चैत्र २७ गते कोरोना पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएर उपचार गराइरहेका पत्रकार अधिकारीको स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि काठमाडौं ल्याइएको थियो ।

काठमाडौंको करुणा अस्पतालमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो । अधिकारीले दाङबाट प्रकाशित पत्रिका गोरक्ष दैनिकमा काम गरेका थिए ।

यता भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज–१२ का एक पुरुषको मृत्यु भएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् ।

उनी चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६५ पुगेको छ ।

कोरोनाबाट दाङका पत्रकार अधिकारीको मृत्यु

कुलो भत्किएपछि खेत बाँझै रहने चिन्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *