संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ मुख्यमन्त्री खोर्केपारी नै जाने भो भनेर

केहीदिन पहिले कर्नालीयाँ मुख्यमन्त्री फेरिने खुब चर्चा भो । हुनेवाला मुख्यमन्त्रीका कार्यकर्ता हस्तीहरुले कँडेलजी मुख्यमन्त्री भएछि आँफूले पाउने जागिर, ठेक्कापट्टा, विकास निर्माण, उपभोक्ता समिति, कल्लाई काँ राख्ने, कल्ले कति कमाउने अनि विपक्षिको कहाँ कसरी कतिबेला झोल झार्ने यावत प्लान बने ।

इद्यपी यो प्लानका विषयमा विचरा कँडेलजी अनभिज्ञ नै हुनुहुन्छ होला । संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ मुख्यमन्त्री खोर्केपारी नै जाने भो भनेर । भैरा मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले संसदाँ विश्वासको मत लिन्छु भनेर ग¥या अडानलाई ओलीबाका कार्यकर्ताले खिल्लि पनि उडाए ।

खिल्लि उडाउनु अघि विचरा कार्यकर्ताले के कुरा बुझेनन् वा बिर्से भने केन्द्रमा ओलीबाले मामा (माधव र माओवादी) लाई पार्टीयाट किक हानी सक्या थे । अनि कर्नालीयाँ तिनै मामाका सन्तानहरु एक भएभने हाम्लाई सिध्याउँछन् । हाम्रो सपना तुषारापात हुन्छ भन्ने कुरा बुझेनन् कि बुझ पचाए त्यो उनै जानून् ।

जब ओलीले भित्तैमा पु¥याएर छोडछन् भने भित्ताँ पुग्नेले नि मौका पर्दा छोडदैनन् होला भन्ने कुराको हेक्का राख्या भा सायद कँडेलजीले राजनीतिमा यति नराम्रो स्वाद लिनै चाहनुहुन्थेन होला । आफ्नाले गरेको ठिक, विरोधीले ग¥या बेठिक भनेर ओलीबाका कार्यकर्ताहरु चारोटा माननीयाविरुद्ध विष बमन ग¥या देखिँदैछ ।

जब माधव नेपाल पार्टीबाट निकालिइ सके । उनैले हिजो टिकटदेर उनकै भागबण्डाँ प¥या मान्छेले कँडेलजीलाई भोटदेर मुख्यमन्त्री बनाउलान् भनेर सोच्नु नै ओलीबाका कार्यकर्ताको गलत आँकलन हो । त्यसैले फ्लोर क्रस गर्नेलाई कारबाही गर्नैपर्छ भनेर फेसबुक र समाचार पत्रहरु रंग्याउनु नी बेकार ठान्छु म त ।

ठूलाबडाले बसालेको गलत संस्कारले गर्दा नै कँडेलजीले यो राजनीतिक अपमान ब्यहोर्नु परेको हो । केन्द्रका ६ वटा मन्त्रीलाई जसरी ओलीबाले खेल खेलाए त्यस्तै खेल कर्नालीका माननीयले खेले त के गल्ती गरे । कँडेलजी कर्नालीयाँ मुख्यमन्त्री नहुनुको पछाडिको कारण भनेको ओलीबा नै हुन् । यसाँ कोइ पनि दिग्भ्रमित नभए हुन्छ ।
वेदर्षि

संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ मुख्यमन्त्री खोर्केपारी नै जाने भो भनेर

ओलीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्याे

संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ मुख्यमन्त्री खोर्केपारी नै जाने भो भनेर

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *