ओलीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्याे नेपाल–खनाल समूह

काठमाडौं । अन्तिम मौका भन्दै दुई दिने स्पष्टीकरण सोधिएका नेकपा एमालेको नेपाल–खनाल समूह कारबाही रोक्न माग गर्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेको छ ।

बुधबार एमाले नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष अध्यक्ष केपी ओलीले स्पष्टीकरणसहित कारबाही गर्ने चेतावनी दिएपछि उक्त कारबाही रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेको हो ।

ओलीले नेपाल पक्षका सांसदलाई कारबाही प्रक्रिया अघि बढाएपछि कारबाही रोक्न अदालत गएको नेपाल र खनाल समूहले जनाएको छ ।

यसअघि ओलीले मंगलबार नेपाल समूहका २७ जना संघीय संसद र कर्णाली प्रदेशका ५ जना गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए ।

नेकपा एमालेको नेपाल समूहका सांसदले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने निर्णय गरेका छन् ।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा उनीहरुलाई पुनः स्पष्टीकरण सोधिएको छ ।

उनीहरु चारजनाले ३ दिनभित्र र बाँकीलाई २ दिनभित्र जवाफ पेश गर्न भनिएको छ । चारजनाले छुट्टै र बाँकीले अर्कै स्पष्टीकरणको बुझाउने तयारी गरेका छन् ।

ओलीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्याे नेपाल–खनाल समूह

अदालतमा रहेका स्टिङ अपरेशनका ४०० मुद्दा खारेज

ओलीको कारबाही रोक्न माग गर्दै सर्वोच्च पुग्याे नेपाल–खनाल समूह

संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *