छिन्चुमा सार्वजनिक शौचालय

छिन्चु बजारमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको छ । वातावरण तथा जनस्वास्थ्य संगठन इएनफाकोे सक्रियतामा शौचालय सञ्चालनमा ल्याइएको हो । भेरीगंगा नगरपालिका वडा नं १२ र शारदा माध्यमिक विद्यालयको सहकार्यमा शौचालय सञ्चालनमा ल्याइएको हो ।
भेरी गंगानगरपालिकाका मेयर भुपेन्द्रबहादुर चन्दले, उपमेयर रेणु आचार्य ढकाल, विभिन्न वडाका अध्यक्षज्युहरु, नगर समितिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा समुदायकाव्यक्तिहरुको उपस्थितिमा प्रयोगमैत्री सार्वजनिक शौचालयको उद्घाटन गरिएको छ ।
भेरीगंगा नगरपालिकाको आर्थिक सहयोग सहित खानेपानी, सरसफाई तथा स्वच्छता दिगो विकास लक्ष्य कार्यक्रम÷ध्ब्क्ष् परियोजना अन्तर्गत वातावरण र जनस्वास्थ्य सस्था (एन्फो) ले शौचालय निर्माण गरेको हो । शारदा माध्यमिक विद्यालयले शौचालय निर्माणका लागि जग्गाउपलब्ध गराइएको थियो । विद्यालयले सञ्चालन र मर्मत सम्भारको जिम्मा पनि लिएको छ । शौचालयमा दुई वटा पुरुषशौचालय, दुईवटा महिला शौचालय, दुईवटा युरिनल र प्रत्येक कोठामा हातधुने स्टेसन सहितको सुविधा छ । 






